Friday, July 3, 2015

'हजार वर्षपछि पृथ्वी रहन्‍न, मानिस डढेर मर्नेछन्'

हालै वैज्ञानिकहरूले ठूलो शोधपछि एउटा भविष्यवाणी गरेर पृथ्वी छैटौं महाप्रलयको युगमा प्रवेश गरेको बताएका छन्।

स्टानफोर्ड उड्स इन्स्टिच्युट फर इन्भारोमेन्टका प्राध्यापक तथा शोधकर्ता पाउल इर्लिचको टोलीले यस्तो भविष्यवाणी गरेको हो। यो भविष्यवाणी 'साइन्स एड्भान्स जर्नल'मा छापिएको छ।
यो शोधबारे समाचार प्रकाशन र प्रसारण भएपछि मानिसमा त्रास फैलिएको देखियो। मानिसले प्रकृतिबाट प्रशस्त फाइदा उठाएर प्रकृतिलाई नै हेप्न थालेपछि यस्तो अवस्था आउन लागेको हो।
 
म तर्कसहित भन्छु, अबको एक हजार वर्षपछि यो पृथ्वीमा प्राणीजगत् र वनस्पतिको अस्तित्त्व रहनेछैन। 
 
यदि पृथ्वीमा प्राणीजगत्को अस्तित्त्वको अवस्थालाई अलि लम्ब्याउने हो भने माटोबाट जुन तत्त्व हामीले लिन्छौं, त्यो अर्को तत्त्वमा रूपान्तरित हुन्छ।
 
त्यो रूपान्तरित तत्त्वलाई माटोमै लगाउने हो भने प्राणीजगत्को अस्तित्त्वको अवस्थालाई केही अरू वर्ष लम्ब्याउन सकिन्छ।
 
पञ्चतत्त्वले अडिएको छ, यो पृथ्वी। अग्नि, जल, वायु, आकाश र माटो नै पञ्चतत्त्व हुन्। तत्त्व सिर्जना हुँदैन, न नष्ट नै हुन्छ। 
 
यो त रूपान्तरितमात्रै हुन्छ। यही तत्त्व रूपान्तरण हुने चक्र खल्बलिएपछि कसरी प्राणीजगत् यो संसारमा टिकिरहन सक्छ? 
 
यसरी चक्र खल्बलिइरहेको अवस्था देख्दा र वैज्ञानिकहरूले प्रमाणित गरिरहेको तथ्य देख्दा लाग्छ, भविष्यमा मानिसलगायत प्राणीजगत् डुबेर, डढेर र सुकेर मर्नेछन्।
 
तत्त्व रूपान्तरणको उदाहरणका लागि माटोमा मल र पानीबाट धान फस्टाउँछ। माटोबाटै उत्पन्न धानको भात र पानी खाएर मानिस बाँच्छ। त्यो भात र पानी दिसा, पिसाब र पसिनामा परिणत हुन्छ। 
 
दिसा, पिसाब र पसिना मलमा परिणत हुन्छ। यी तत्त्व हाम्रो सेफ्टी ट्यांक वा ढलबाट खोलानाला हुँदै समुद्रतिर पठाउनुको सट्टा तिनीहरूलाई माटैमा मिलाइदिन सके प्राणीजगत्को अस्तित्वको आयुलाई केही लम्ब्याउन सकिन्छ।
 
डुबेर मर्नेछन् मानिस
मान्छेले प्रयोग गर्ने गरेको खानेकुरा, लगाउने लुगा, घर, चलाउने सामग्री आदि नै ती तत्त्व हुन्। 
 
तिनीहरू प्राय: वनस्पतिको रूप बदलिएर बनेका अर्का तत्त्वहरू हुन्। धातुको रूप बदलिएर बनेका हुन्छन्, मानिसले प्रयोग गर्ने कतिपय सामग्री। 
 
चाहे त्यो वनस्पति होस् वा धातु, ती सबै माटोबाट आएका हुन्।
 
मानिसको अज्ञानता, लोभ र भयका कारण मानिसले भोगचलन गर्दै आएको सामग्री अर्थात् रूपान्तरित तत्त्व विभिन्न तरिकाले माटैमा फर्काउनुपर्नेमा माटोमा नफर्काई खोला, खोल्सा, नदीमा फ्याँक्ने गरिएको छ। 
 
गाउँघरमा खाएर पिएर निस्केको दिसापिसाब खोलाखोल्सामा बगिरहेको देखिन्छ। काठमाडौं उपत्यकाको हकमा फोहर तत्त्व ढलमार्फत बागमतीमा फालिन्छ। दिसापिसाबमात्रै होइन; लुगाफाटा, प्लास्टिक, कागज अर्थात् खेर जाने सबै सामग्री खोलानाला, नदी हुँदै समुद्रमा पुग्छन्।
 
नेपाल सरकारले खुला दिसापिसाब मुक्त क्षेत्र कार्यक्रम त ल्याएकै हो। 
 
सहरमा शौचालयमा दिसापिसाब गर्ने गरिएकै हो। तर ती सबै दिसापिसाब वा नुहाउँदा र लुगा धुँदा निस्कने पानी त माटोमा मिल्नुपर्नेमा त्यसो त हुन सकेन। 
जहाँ त्यसको आवश्यकता छैन, त्यो त समुद्रमा पो मिसिने भयो त !
 
यदि यी रूपान्तरित तत्त्वहरू माटोमै रहने थिए भने चक्र मिल्ने थियो, तर ती सामग्री त समुद्रमा पुगिरहेका छन्। यस्तो चलन नेपालमा मात्रै होइन, संसारभर छ। 
 
काठमाडौंको मात्रै कुरा गरौं न ! यहाँ ५० लाख मानिस बस्छन्। तिनीहरूले दिनमा ६० लाख लिटर पिसाब फेर्छन्, १२ लाख किलो जति दिसा गर्छन्। 
 
६० लाख लिटरजति नै लुगा धोएको र नुहाएको पसिना पानी पनि निस्कन्छ। त्यो कहाँ पुग्छ, त्यो त नदीनालामार्फत सीधै समुद्रमा पुग्ने हो। 
 
नेपालको एउटा ठाउँको कुरा गर्दा त यस्तो अवस्था छ भने संसारभरका मानिसका दिसा, पिसाब र पसिना पानी पुग्ने ठाउँ त समुद्र नै हो। समुद्रमा यति धेरै मात्रामा ठोस र तरल वस्तु पुगेपछि त्यहाँको सन्तुलन बिग्रिँदैछ। त्यहाँका कतिपय प्राणी लोप भएर गइरहेका छन्।
 
भौतिक वस्तु समुद्रमा पुगेपछि त्यो त्यहीँ जम्न थाल्छ। यसरी भौतिक वस्तु समुद्रमा जम्दै गएपछि समुद्रको सतह माथि उठ्दै आउने नै भयो। हरेक सय वर्षमा समुद्र एक मिटर माथि उठ्दै आएको अनुमान गरिएको छ। 
 
यही अनुपातमा समुद्रको सतह माथि उठ्दै जाने हो भने एक हजार वर्षमा १० मिटर समुद्र सतह माथि उठ्छ। त्यस अवस्थामा कति डुबान होला, अनुमान गरौं त ! त्यस बेला कति मानिस विस्थापित हुन्छन्।
 
के जमिनमा बस्ने मानिस, अन्य प्राणीजगत् र बिरुवाका लागि ठाउँ होला? यस्तो असन्तुलनले समुद्रमा रहने प्राणी बाँच्लान्? समुद्रमा आधारित खानेकुरा बाँकी रहला?
 
डढेर मर्नेछन् मानिस
अहिलेको युग हो, प्रविधिको। प्रविधि चलाउन इन्धन/ऊर्जा आवश्यक हुन्छ। यसका लागि कोइला, डिजेल, पेट्रोल र दाउरा बाल्ने गरिएको छ। 
 
यसरी ऊर्जाका लागि इन्धन बाल्दा र अर्कातिर एअर कन्डिसन चलाउँदा त्यसबाट निस्कने रसायन क्लोरोफ्लोरो कार्बनले पनि अर्को समस्या ल्याइरहेकै छ।
 
पहिले महाप्रलय हुँदा बिरुवा जमिनमुनि गएर रूपान्तरित हुँदा त्यो ठोसमा कोइला र तरलमा डिजेल पेट्रोल भयो। 
 
यस्तै ग्याँस पनि बन्यो। त्यो इन्धनलाई मानिसले आफ्नो बुद्धिले जमिनमा निकालेर प्रयोग गर्न सिके।
 
आज एक वर्षमा नौ अर्ब किलो कोइला बालिन्छ। वैज्ञानिक नियमअनुसार एक किलो इन्धन बाल्दा २० किलो कार्बनडाइअक्साइड निस्कन्छ। 
 
अब भन्नोस्, नौ अर्ब किलो कोइला बाल्दा कति किलो कार्बनडाइअक्साइड निस्केला? अर्कातिर कोइला निकाल्दा पृथ्वीमा त खाल्डो पर्दै जान्छ। 
 
नौ अर्ब किलो कोइला निकाल्दा त नेपालजत्रो खाल्डो खनिन्छ भने एक हजार वर्षमा कत्रो खाल्डो पर्ला? 
 
समुद्र उचालिँदै जाँदा समुद्रको पानी त्यो खाल्डोमा पनि पर्दै जान्छ। यसमा डिजेल र पेट्रोलले सिर्जना गर्ने कार्बन डाइअक्साइडको कुरा छोडौं।
 
यो संसारमा कैयौं जनावर र पन्छीहरू छन्। तिनीहरूको मलमूत्रमाथि घामको प्रकाश पर्दा त्यो वाफका रूपमा मिथेन ग्याँस बनेर आकाशमा फैलन्छ। 
 
किनकि पशुपन्छीको मलमूत्र व्यवस्थित नहुँदा त्यो वाफका रूपमा आकाशमा फैलिरहेको छ।
 
 यसले पनि पृथ्वीलाई तताइरहेको छ। हाम्रो गाउँघरमा रहने अव्यवस्थित रछ्यान मिथेन ग्याँसको स्रोत हुन पुगेको छ।
 
हामीले माटोबाट उत्पादन हुने खानेकुरा खाएर उत्पन्न भएको अर्को तत्त्व माटोमै नमिलाइदिँदा माटो रूखो हुन थाल्यो। 
 
बिरुवा सप्रन छाडे। मल र जल नपाउँदा बिरुवा जिम्लन लागे। यस्तो अवस्थामा उत्पादन त घट्ने नै भयो। खान नपुग्ने अवस्था आइपर्‍यो। त्यसपछि उत्पादन बढाउनुपर्ने भयो।
 
वैज्ञानिकहरूले पत्ता लगाए- नाइट्रोजन, पोटास र फस्फोरसजस्ता तत्त्वको अभावमा उत्पादन घटेको। धेरै र सजिलोसँग हावाबाट नाइट्रोजन प्राप्त हुने पत्ता लाग्यो, अनि खानीबाट फस्फोरस र पोटास। 
 
तर विडम्बना के भयो भने हावाबाट नाइट्रोजन र खानीबाट पोटास र फस्फोरसलाई ठोस मलमा परिणत गर्न त इन्धन नै बाल्नुपर्ने भयो।
 
 संसारमा हरेक वर्ष चार अर्ब टन उपभोग्य वस्तु उत्पादन हुन्छ। 
कृषि वैज्ञानिक मदन राई आफ्‍नै दिसापिसाबबाट बनेको जैविक मल देखाउँदै। तस्बिर:  अन्‍नपूर्ण
त्यसका लागि ३० करोड टन रासायनिक मल उत्पादन गर्न पर्छ। यसका लागि ३० करोड टन नै कोइला बाल्नुपर्ने हुन्छ। 
 
३० करोड टन कोइला बाल्दा ६ अर्ब टन कार्बनडाइअक्साइड उत्पादन हुन्छ र त्यसले आकाश ढाक्छ।
 पञ्‍चत्‍व रुपान्तरण हुने चक्र खल्बलिइएपछि कसरी प्राणीजगत यो संसारमा टिकिरहन सक्छ? यसरी चक्र खल्बलिइरहेको अवसथा देख्दा र वैज्ञानिकहरुले प्रमाणित गरिरहेको तथ्‍य देख्दा  लाग्छ,  भविष्‍यमा मानिसलगायत प्राणीजगत् डुबेर, डढेर र सुकेर मर्नेछन्। 
फेरि नाइट्रोजनयुक्त मल असन्तुलित तरिकाले प्रयोग गर्दा त्यसबाट फेरि मिथेन, नाइट्रोस अक्साइड, आइट्राइट गरी तीन ग्याँस आकाशतिर फैलन्छ। यी ग्याँसले कार्बनडाइअक्साइडभन्दा सैयौं गुणा बढी आकाशलाई तातो बनाउँछ।
 
वैज्ञानिकहरूले हरेक सय वर्षमा पृथ्वीमा दुई सेल्सियसको दरले तापक्रम वृद्धि भइरहेको पत्ता लगाइसकेका छन्। 
 
यही अनुपातमा तापक्रम वृद्धि हुने हो भने हरेक हजार वर्षमा त २० डिग्री सेल्सियस तापक्रम बढ्छ।
 
 त्यति तापक्रम बढेपछि यो संसारमा प्राणीजगत् र वनस्पति डढेर खरानी हुँदैन त?
 
सुकेर मर्नेछन् मानिस
तापक्रम वृद्धि हुँदा पानीको चक्रीय प्रणाली नै तोडिन्छ। पृथ्वी तातिँदै जाँदा पानी पर्ने सम्भावना कम हुँदै जान्छ।
 
पानी पर्नका लागि शून्य डिग्री चाहिन्छ। 
 
अहिलेको तापक्रम वृद्धि हुने क्रम यही रूपले जारी रहने हो भने संसारमा बरफ नै हुँदैन। 
 
अबको एक हजार वर्षमा त पृथ्वीमा तातो र सुक्खा वाफमात्रै हुन्छ। तातो र सुक्खा हावाबाट वर्षा हुँदैन।
 
यस्तै ताजा पानीको स्रोत भनेको हिउँ हो। हेर्नुस् त हाम्रा हिमाल, कालापत्थरमा परिणत हुँदै गइरहेका छन्। 
 
पानीको स्रोत सुक्दै गएको छ। भविष्यमा समुद्रले पृथ्वीलाई ढाक्दै जाँदा जमिनमुनिको पानी पनि खान अयोग्य हुन्छ। 
 
यस्तो अवस्थामा मानिस सुकेर मर्दैनन् त?
 
मानिसलाई बाँच्न हावा चाहिन्छ। श्वासप्रश्वासका लागि बढीमा चार सय पीपीएम कार्बनडाइअक्साइड हुन्छ। 
 
ताजा हावामा दुई सय ५० देखि तीन सय पीपीएमसम्म कार्बनडाइअक्साइड हुन्छ। 
 
वायु प्रदूषणको यही अनुपात कायम रहने हो भने मानिस निस्सासिएर पनि मर्छन्।
 
अब के गर्ने?
सामान्य रूपमा हामीले प्राणीजगत्को अस्तित्वको आयुलाई लम्ब्याउन सक्छौं। हामीले खाएर पिएर निस्केको दिसा, पिसाब र पसिना बिरुवामार्फत बाटोबाट प्राप्त गरेको तत्त्व हो। 
 
ती तत्त्वलाई माटोमा फर्काउन सक्नुपर्छ। हामीले र पशुपन्छीले खानेपिउने कुरामा केही भिन्नता छैन, जस्तो हामी छानेर खान्छौं।
 
हामी धानको चामल खान्छौं, पशुले पराल र भुस खान्छ। 
 
हामी काउलीको फूल खान्छौं, पशुपन्छीले पात र डाँठ खान्छ। 
 
पानीको हकमा हामी मूलको पानी, तातोपानी, फिल्टर र बोतलको पानी पिउँछौं, पशुपन्छीले जस्तो पानी भेट्छ त्यही खान्छ।
 
खाएको र पिएको खाना र पानी ठोस र तरल रूपमा शरीरबाहिर निस्कन्छ। 
 
हामीले जुन कुरा ठोस रूपमा निकाल्छौं त्यो दिसा हो, पशुपन्छीले निकालेको गोबर, सुली र बड्कौला हो।
 
हामीले निकालेको यही तत्त्वलाई माटोमा मिलाए त्यो समुद्रमा जानबाट रोकिन्छ र समुद्रको सतहको उचाइ पनि बढ्ने अनुपात कम हुन्छ। 
 
यस्तै ती तत्त्व बिरुवाले खान्छ, बिरुवा हुर्कन्छ र त्यसले हामीलाई अक्सिजन दिन्छ, कार्बनडाइअक्साइड आफूले लिन्छ। 
 
यसो भयो भने कार्बनडाइअक्साइड आकाशमा फैलने अनुपात पनि कम हुन्छ। 
 
बिरुवामार्फत माटोबाट प्राप्त भएको तत्त्व हामीले खाएर हाम्रो शरीरबाट निस्केको रूपान्तरित तत्त्वले मल र जलको रूपमा माटोमै मिलाउँदा रासायनिक मलको प्रयोग गर्नु पर्दैन।
 
यसले चक्रीय प्रणाली खल्बलिनुबाट जोगाउँछ। के हामी यति काम गर्न सक्दैनौं? यसो भयो भने मानिस डुब्न, डढ्न, सुक्न र निस्सासिनबाट जोगिँदैनन्?
 
म गर्छु
हो, माथि मैले जे भने त्यो म गर्छु। तपाईं पनि गर्न सक्नुहुन्छ। म बिहानै उठेर दुई गिलास पानी पिउँछु। 
 
पानी पिएको १० मिनेटपछि दिसा गर्ने बानी छ मेरो। म दिसा कहाँ गर्छु थाहा छ तपाईंलाई? म त मेरो कार्यालयमा दिसा गर्छु। अचम्म नमान्नुहोस्, म यसै गर्छु।
 
म प्लास्टिकको बाल्टिनमा पोलिथिन ब्याग राखेर दिसा गर्छु। 
 
अस्पतालमा बिरामीले प्रयोग गर्ने प्वाल भएको कुर्सी ल्याएको छु, त्यसमा बस्छु र बाल्टिनमा दिसा गर्छु। 
 
अनि एउटा बोतल हुन्छ, त्यसमा पिसाब फेर्छु। टेलिभिजन हेर्दै आनन्दले दिसापिसाब गर्छु।
 
दिसा गरिसकेपछि त्यो नगनाओस् भनेर प्राय: खरानी, नभए काठको धूलो र त्यो पनि नभए मसिनो सुकेको एक टोकरी धूलो हाल्छु।
 
दिसा गरिसकेपछि मलद्वार र हात धुनका लागि पौने लिटर पानी बाटामा प्रयोग गर्छु। 
 
साबुनले हात धुन्छु। यो पानी पनि हामी मलका रूपमा प्रयोग गर्छौं।
 
दिसा गरेको बाल्टिन भरिएपछि खाडलमा लगेर झारपात, गोबर, सुलीसँग मिसाएर सडाउँछौं। 
 
त्यो सडेपछि मल हुन्छ। त्यो मल हिजो जुन रूपमा माटोबाट आएको छ, त्यहीँ मिलाइदिन्छौं। 
 
त्यो मल बिरुवाले पाउँछ र बिरुवाले हामीलाई फल दिन्छ। त्यो फल खाएर हामी बाँच्छौं।
 
मेरो घर, कार्यालय तथा विद्यालयमा जम्मा भएको दिसा, पिसाब र पसिनापानीलाई हामी खेर जान दिन्नौं। 
 
हाम्रोमा त शौचालय पनि कस्तो छ भने एकातिरबाट दिसा र अर्कोतिरबाट पिसाब जान्छ र त्यो हामी ड्रममा जम्मा गर्छौं।
 
अलगअलग ठाउँमा थुपार्छौं। पिसाब ड्रममा राखेको एक महिनामा कीटाणु मरिसक्छ र त्यो झोल मल बन्छ।
 
 त्यसलाई हामी माटोमै मिसाउँछौं। दिसा पनि यसरी नै कुहाएर मल बनाउँछौं र माटोमै मिलाउँछौं। 
 
जसरी ठोस मलले माटोलाई नरम बनाउनुका साथै अन्य तत्त्व दिन्छ, झोल मलले बिरुवालाई हलक्क बढ्न मद्दत गर्छ। 
 
त्यसैले पिसाबबाट निस्केको झोल मललाई बिरुवाका लागि दूध भन्छु म त।
 
तपाईंले पनि यसो गरेर पृथ्वीलाई माया गर्ने हो भने प्राणीको अस्तित्वको आयु लम्ब्याउन सकिन्छ। 
 
यसो नगर्ने हो भने हामी यो संसारबाट लोप भएर जाने समय धेरै लामो छैन, होश गरौं।
(कृषि वैज्ञानिक राईसँग अन्नपूर्णकर्मी राजकुमार दिक्पालले गरेको कुराकानीमा आधारित)

अमेजनमा एस्तो अनौठो जीव भेटियो हेर्नुस ।। भिडियो सहित

Saturday, June 20, 2015

पृथ्वी नयाँ चरणको संकटतर्फ प्रवेश गरेको ‘डरलाग्दो’ प्रतिवेदन सार्वजनिक

काठमाडौं, आषाढ ५ । अमेरिकाका तीन विश्वविद्यालयले पृथ्वी ‘नयाँ चरणको संकटतर्फ’ प्रवेश गरेको डरलाग्दो अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् ।

पछिल्ला वर्षहरुमा देखिएका संकट ६ करोड वर्ष अगाडिकोझैं रहेको निष्कर्ष निकाल्दै प्रतिवेदनमा भनिएको छ–‘पहिलोबाटो मानव विनाशको हुनेछ ।’ 
स्टानफोर्ड विश्वविद्यालयको नेतृत्वमा प्रिन्सटन र बर्कले जस्ता ख्यातीप्राप्त विश्वविद्यालयको अनुसन्धान प्रतिवेदनले सामान्य अवस्थाभन्दा अहिले ११४ गुणा छिटो क्षति हुन थालेको उल्लेख गरेको हो ।

छैटौं चरणको ठूलो विनाशतर्फ अघि बढेको अनुसन्धानकर्तामध्येका एकले जनाएका छन् ।

यस्तैखाले डरलाग्दो अवस्था साँढे ६ करोड वर्ष अगाडि देखापरेको र त्यसबेला डायनोसर जस्ता जनावर लुप्त भएको थियो । पृथ्वी अत्यधिक तात्दा जीवन भएका सबैखाले प्राणी सखाप भएका थिए ।

अनुसन्धानको नेतृत्व गरेका गेरारडो सेबालोस भन्छन्–‘अहिलेकै अव्यवस्थालाई छाडिदिने हो भने हाम्रा थुप्रै प्रजातिलाई पुनर्जीवन पाउन लाखौं वर्ष लाग्नसक्छ ।’

सन् १९०० यता मात्र चार सयभन्दा बढी त्यस्ता प्रजातीहरु हराएको दाबी गरिएको छ ।

जलवायु परिवर्तन, बढ्दो प्रदुषण र चर्को खडेरी जस्ता कारणले यो संकट निम्तिन थालेको विज्ञान जर्नलमा छापिएको अनुसन्धान रिपोर्टमा उल्लेख छ । (एजेन्सी)

Sunday, June 7, 2015

संविधान निर्माणमा निर्णायक सहमति, ८ प्रदेश बनाउन प्रमुख दल सहमत

संविधान निर्माणमा प्रमुख दलबीच निर्णायक सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले ८ प्रदेश बनाउने सहमति गरेका छन्। बैठकबाट बाहिरिएका एमाले महासचिव ईश्वर पोखरेलले प्रमुख दलबीच ८ प्रदेश बनाउने सहमति भएको बताए। बैठकले सीमांकनको जिम्मा संघीय आयोग र नामाकंनको जिम्मा प्रदेश सभालाई दिने निर्णय गरेको पोखरेलले बताए।
शीर्ष नेताहरुले भने साँझ ५ बजे बस्ने बैठकले औपचारिक निर्णय गर्ने बताएका छन्।
त्यस्तै दलहरूले प्रत्यक्ष निर्वाचितमा ६० प्रतिशत र समानुपातिकमा ४० प्रतिशत राख्‍ने निर्णयसमेत गरेका छन्।

Wednesday, June 3, 2015

भरतपुर अस्पतालमा रोबोट जस्तो बच्चा, हेर्नेको भिड(भिडियो सिहित)

राजेश घिमिरे भरतपुर/चितवनको भरतपुर अस्पतालमा अनौठो स्वरुप भएको बच्चा जन्मिएपछि हेर्नेको भिड लागेको छ । हिजो दिउसो अस्पताल भर्ना भएकी रत्ननगर नगरपालिकाको मालपुरकी वविता मुशहरले जन्माएको बच्चा झट्ट हेर्दा विल्कुलै फरक स्वरुपको छ । राती ९ः५० बजे जन्मिएको बच्चाको दाँत देखिन्छ । सो बच्चाको आँखा छैन भने शरिर कडा र हात खुट्टा बाँङ्गीएको छ । नौलो प्रकृतीको बच्चा जन्मिएपछि यहाँ विशेषज्ञ चिकत्किसहरु अनुशन्धानमा लागेका छन् । यस्तो किसिमको असामान्य बच्चाहरु बेला बेलामा जन्मिने गरेको भएपनि ठ्याक्कै यस्तै बच्चा भने नदेखिएको भरतपुर अस्पतालका स्त्री तथा प्रसुती विभाग प्रमुख डा. सुनिलमणी पोखरेलले बताउनुभयो । प्रारम्भिक अनुशन्धानका क्रममा चिकित्सकहरुले सो वालकलाई अपाङ्ता भएको भनेका छन् ।
1em;">
सामान्यतया वावु आमाको जीनमा परिवर्तन आउँदा असामान्य बच्चाको जन्म हुने गरेको डा. पोखरेलले बताउनुभयो । त्यसैगरी गर्भवती महिलाले प्रयोग गर्ने औषधिका कारण पनि यस्तो समस्या देखिन सक्ने उहाँले बताउनुभयो । बच्चाको शारिरिक वनावट देखिएपछि शरिर भित्रका अंगहरुको बिषयमा जानकारी नभएका कारण तत्कालै केहि भन्न नसक्ने उहाँले बताउनुभयो । ‘तर यस्तो प्रकृतीको बच्चा बाँच्ने गरेका छैनन्’, डा. पोखरेलले भन्नुभयो । अस्पतालको प्रसुती विभागमा लामो समय देखि काम गर्दै आएकी स्वास्थ्यकर्मी पन्चु लामाले अहिले सम्म यस्तो बच्चा नदेखेको बताउनुभयो । झट्ट हेर्दा रोबोट जस्तो देखिने बच्चा जन्मिएपछि भरतपुर अस्पतालको स्त्री तथा प्रसुती वार्डमा हेर्नेको भिड लाग्ने गरेको छ । कतिपयले त पैशा तिरेर बच्चालाई हेर्ने गरेका छन् । भिडियोका लागि http://youtu.be/fvrSiAoqTgM क्लीक गर्नुहोला । भरतपुर अस्पतालमा रोबोट जस्तो बच्चा, हेर्नेको भिड(भिडियो सिहित)

Monday, June 1, 2015

२०५८ जेठ १९ : के भएको थियो नारायणहिटी दरबारभित्र त्यो दिन?

  • २०५८ जेठ १९ : नेपालीले कहिल्यै बिर्सन नसक्ने एउटा कालो दिनको रुपमा इतिहासमा दर्ता भइसकेको छ। तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको यो दिन खासमा के भएको थियो, शंका र उपशंकाका अनेक कहानी छन्। तर आधिकारिक रुपमा यो घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले घटनास्थलको अवलोकन, भौतिक चीज वस्तुको संकलन र वैज्ञानिक परीक्षण, घटना प्रत्यक्ष रूपमा देख्ने, घटनाबाट पीडित, एवं शाहीरक्षकहरू लगायतका उद्धारकार्यमा संलग्न व्यक्तिहरू, उपचारकार्यमा संलग्न चिकित्सकहरू लगायतका व्यक्तिहरूसँग सोधपुछ गरेपछि सार्वजनिक गरेको तथ्य यस्तो छ-


    राति ७ : ३० बजे : नारायणहिटी राजदरबारमा हरेक महिनाको तेस्रो शुक्रवार राति नियमित रूपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा रहे अनुसार २०५८ जेठ १९ गते शुक्रवार नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा निमन्त्रणा।
    राति ८ बजे
    युवराज दीपेन्द्रले आफ्नो मोटरबाट मुमाबडामहारानी बस्ने बंगला महेन्द्र–मञ्जिलमा गई श्री ५ मुमा बडामहारानीलाई मोटर आफैले चलाई जमघटस्थान त्रिभुवन सदनमा ल्याएको।


    राति ८ बजेपछि : युवराज दीपेन्द्र त्रिभुवन सदनको विलियार्ड कोठामा केही समय एक्लै विलियार्ड खेलेको र त्यस क्रममा १/२ पेग निट (पानी नराखी) ह्विस्की समेत पिएको। राजा वीरेन्द्र त्रिभुवन सदनमा सवारी हुनुभन्दा केही समय अगाडि (करिव १०–१२ मिनेटजति अगाडि) युवराज शरीर थाम्न नसकी ढलपल ढलपल गरेको देखी ह्विस्कीको असरले हो कि ? भन्ने सम्झी नीराजन, पारस, कुमार गोरख र डा.राजीव समेत ४ जना भई त्रिभुवन सदनभित्र रहेको खोपीमा सवारी चलाएको।
     

    राति ८ : १९ बजे

    युवराज दीपेन्द्र विलियार्ड कोठामा रहँदाकै अवस्थामा आफ्ना पाश्र्ववर्ती गजेन्द्र वोहरालाई चुरोट ल्याउन मोबाइल फोनबाट हुकुम भएको। सोही बमोजिम बोहराले शाही अर्दली रामकृष्ण केसीलाई आदेश गरे अनुसार उनले विशेष प्रकारको (शिखर चुरोटमा गाजाँ र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई तयार गरिएको) चुरोट विलियार्ड कोठाको पूर्व ढोकामा गई पारसमार्फत् जिम्मा दिएको।

    राति ८ : १२ बजे

    युवराज दीपेन्द्रको मोबाइलबाट देव्यानी राणासित १ मिनेट १४ सेकेन्ड कुरा भएको।

    राति ८ :१९ बजे

    • दोश्रो पटक देवयानी राणाले आफ्नो ल्यान्डलाइन फोनबाट युवराज दीपेन्द्रको मोबाइलमा ४ मिनेट १४ सेकेण्ड कुरा गरेको। कुरा भइरहेको समयमा स्वर लड्वराई रहेको जस्तो लागेकोले अरु कुरा हुन नसकेको कारणले “श्री ५ युवराजाधिराजको स्वर अलि लड्वराइ राखेको छ अलि सञ्चो छैन कि ? भनी श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र वोहरालाई अफिसमा र राजु कार्कीलाई निजको घरमा फोन गरेर खोपीमा गई हेर्न आग्रह गरेकी हुँ” भनी देव्यानीले पछि समितिलाई बयान दिएको।
    • सोही अनुसार अर्दली रामकृष्ण केसी र द्वारे आमा जमुना अधिकारी खोपीमा पुग्दा युवराज भुइँमा पल्टिराखेको र शरीरको माथिल्लो कपडा फुकाल्न खोजेकोदेखि सो कपडा फुकाल्न उनीहरुले सहयोग गरेको र कपडा फुकालिसकेपछि युवराज बाथरूम गएको, बाथरुमभित्र वाक वाक गरेको आवाज जमुना अधिकारी समेतले सुनेको र बाथरुमबाट निस्केपछि युवराजले ती दुवैजनालाई सुत्न आ–आफ्नो कोठातिर जानूभनी  हुकुम भएको भन्ने द्वारे आमा र अर्दली रामकृष्ण केसीको कथन।

    राति  ८ : ३० बजे

    राजा वीरेन्द्र आफ्नो कार्यालयबाट सिधै त्रिभुवन सदनमा पैदल सवारी भई  मुमा वडामहारानीको दर्शन गरी केही समयको भलाकुसारी पछि विलियार्ड कोठातर्फ सवारी भएको।
     

    राति ८ : ३९ बजे

    युवराज दीपेन्द्रले आफ्नफो मोबाइलबाट देवयानी राणाको मोबाइलमा ३२ सेकेन्ड कुरा गरेको।  “अब म सुत्न लागें”,  “गुड नाईट, भोलि कुरा गरौला” भनेको देवयानीको कथन।

     
    • देवयानी राणासँग फोन सम्पर्कपश्चात् युवराज दीपेन्द्र सैनिक कम्व्याट पोशाक पहिरी हातहतियारसमेत लिई खोपीबाहिर निस्किए। अर्दली रामकृष्णले बाहिर सवारी हुने रहेछ क्यार भन्ने ठानी “इमर्जेन्सी व्याग टक्रयाउँ सरकार ?” भन्दा “पर्दैन अहिले” भन्ने हुकुम भएको भन्ने अर्दली रामकृष्णको कथन।
     
    • युवराज दीपेन्द्र कम्व्याट सैनिक पोशाकमा दुईतर्फ राइफल र १२ बोर भिरी बिलियार्ड कोठातर्फ प्रवेश गरेको बिलियार्ड कोठासँगै जोडिएको डाइनिङ्ग कोठाको पूर्वपट्टिको बैठकबाट व्वाइज बच्चुराम केसीले देखेको।
     
    • युवराज सैनिक कम्व्याट पोशाकमा विलियार्ड कोठामा प्रवेश गरे। कालो रङ्गको बन्दुक -9 mm. Caliber MP-5K Automatic Sub-machine Gun) ले कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फाएरिङ्ग गरे। त्यसपछि तत्काल विलियार्ड टेवुलको पूर्व छेउमा उभिएर अरुहरूसंग कुरा गरिरहेका राजा वीरेन्द्रलाई भटटट फायर गरी पछाडि सर्दै विलियार्ड कोठा बाहिर निस्के। कोठाको पूर्वतर्फ भित्री बगैँचाको छेउकै उत्तर तर्फ झ्याङ्ग नजिक १२ वोरको वन्दुक -SPAS 12- L FRENCH SPA) फ्याँकी पुनः भित्र विलियार्ड कोठामा प्रवेश गरे। बत्ती र टेलिस्कोपसहितको राइफल 5.56mm Caliber Colt M-16 A2 सोझ्याउँदै आएर भटटट पार्दै पुनः राजा वीरेन्द्र एवं कुमार गोरख शम्शेर राणा, श्री धीरेन्द्र शाह र कुमार खड्गविक्रम शाह समेतलाई फाएरिङ्ग गरी पछाडि सर्दै ढोकामा पुगे। पुनः अगाडि बढेर तेस्रो पटक अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह र श्री ५ शाहज्यादी जयन्ती शाह लगायत अन्यलाई लाग्ने गरी जथाभावी परररर फाएरिङ्ग गरी युवराज दीपेन्द्र विलियार्ड कोठाबाट बाहिर पूर्वतिरको भित्री बगैँचातर्फ पछाडि सर्दै गएको (घटनास्थलमा उपस्थित श्री ५ अधिराजकुमारी शोभा, श्री ५ शाहज्यादा पारस, कुमार गोरख, केतकी चेष्टर, रवि शम्शेर , डा. राजीव शाही, महेश्वर कुमार सिंह समेतको बयान)
     
    • विलियार्ड कोठामा तेस्रो पटक अन्धाधुन्द फाएरिङ्ग गरे पश्चात् पछाडि सर्दैसर्दै पूर्वतर्फको भित्री बगैँचातिर जाँदा रातो सारी पहिरिएको महिलाको आकृतिले पनि त्यसतर्फ खेदेको (विलियार्ड कोठासँग जोडिएको उत्तरतर्फको डाईनिङ्ग रुमबाट व्वाइज शान्तबहादुर खड्का समेतले देखेको)
     
    • विलियार्ड कोठाबाट पूर्व भित्री बगैँचामा जाने वाटो हुँदै सो बगैँचाको उत्तर त्रिभुवन सदन खोपीतर्फ जाने बाटो र पूर्वतर्फ रहेको प्रतीक्षास्थल (सेड)मा जाने सानो वाटोको संगम जस्तो ठाउँमा रानी ऐश्वर्य पछाडि पछाडि  अधिराजकुमार नीराजन सवारी भएको (श्रीमती केतकी चेष्टर समेतको भनाइ)
    सोही ठाउँमा रहेको नीलकाँडाको झयाङ्ग नाघी सानो चौरमा उभिएर दक्षिण मोहडा गरी उत्तरबाट दक्षिणतर्फ गोली चलेको त्यहाँ प्राप्त भएको गोलीको खोकाको स्थिति र दक्षिणतर्फको भित्तामा रहेको गोली लागेको प्वालहरू समेत घटनास्थलको अवलोकनबाट देखिएको र सो ठाउँमा नै अधिराजकुमार नीराजन पूर्वतर्फ टाउको परेर ढलेको अचेत अवस्थामा देखिएको भन्ने उद्धार गर्न आएका सेनानी बिष्णु खड्का समेतले त्यहाँबाट बोकी बाहिर ल्याई मोटरमा राखी अस्पताल पुर्‍याएको। 

  • विलियार्ड कोठामा भएको फाएरिङ्ग पश्चात् त्रिभुवन सदनको मूल ढोकाको दाहिने पट्टिको एडिसी अफिसको भित्री कोठामा रहेका शाही पाश्र्ववर्तीहरू फाएरिङ्गको आवाज र “डाक्टर चाँडो बोलाऊँ...” भन्ने आवाज सुनी भित्र गई विलियार्ड कोठाबाट चाँडो उद्धार गर्न सो कोठाको दक्षिणतर्फको सँधै बन्द रहने गरेको ढोकाको सिसा फुटाएर शाही पाश्र्ववर्ती महासेनानी सुन्दरप्रताप राना समेत भित्र प्रवेश गरी राजा वीरेन्द्रलाई अचेत अवस्थामा बाहिर बोकेर ल्याई मोटरमा राखी सैनिक अस्पताल छाउनी लगेको।

  • युवराज दीपेन्द्रको खोपीतर्फ जाने सानो पोखरीको पुलबाट उत्तर लागी माथि तलाको खोपीतर्फ जाने मुख्यद्वार हुँदै भित्री भर्‍याङको सातौं खुड्किलोमा रानी ऐश्वर्यलाई खोपीमा पुग्ने ठाउँको भर्‍याङ्गको माथिल्लो भागमा रहेको ल्याण्डिङ्ग एरियाबाट फायरिङ्ग भएको। रानी ऐश्वर्य ढलेको भनिएको ठाउँमा गिदी वाहिर निस्की छरपष्ट भएको, केही दाँत र वंगाराहरू समेत झरी छरिएर यत्रतत्र रहेको, रातो टीका, दुईवटा कानको रातो टप, रातो चुराको टुक्राहरू रहेको, रगतको छिर्काहरू ठाउँ ठाउँमा लागेको एक किसिमको रगतको खोलै वगेको स्थिति घटनास्थलको अवलोकनबाट देखिएक।

  • युवराज बस्ने त्रिभुवन सदन (जहाँ उनको खोपी छ) अगाडिको बगैँचाको स–साना पोखरीको सानो पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वार घ्वार आवाज निकाली रहेको अवस्थामा युवराज दीपेन्द्रलाई भेटिएको भनी उद्धारकर्मी सेनानी विष्णु खड्का एवं शाही पाश्र्ववर्ती समेतले समिति समक्ष जानकारी गराएको।
 

राति ९ : १५

  • श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव राति ९ : १५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित।
  • श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह राति ९: १५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित।
  • श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह राति ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित।

राति ९ : २०

  • श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा राति ९: २० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याएको र ९:५५ बजे अस्पतालमा मृत घोषित।

राति ९ :२४

  • श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहलाई राति ९ : २४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याएको र जेठ २२ गते सोही अस्पतालमा बिहान ३ : ४५ बजे मृत घोषित। उपचारका लागि अस्पताल पुर्‍याउँदा पञ्जा लगाएको अवस्थामा पुर्‍याइएको अस्पतालको पत्र। सो एकजोर पञ्जा वाहेक घटनास्थल एवं अस्पताल समेतबाट अन्य कुनै पञ्जा प्राप्त हुन सकेको देखिँदैन।

  • श्री धीरेन्द्र शाह राति ९ : २४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याएको र जेठ २२ गते बेलुकी ५ : ५७ बजे सोही अस्पतालमा मृत घोषित।

राति ९ :३०

  • श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह राति ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित।
  • श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी  शाह राती ९: ३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित।


राति ९ :३५

  • श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह राती ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित।
  • श्री कुमार खड्गविक्रम शाह राती ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित।
 (दरबार हत्याकान्डको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनबाट। राजा ज्ञानेन्द्रले २०५८ जेठ २२ गते  प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित यो समितिमा सभामुख तारानाथ रानाभाट र प्रतिनिधि सभामा विपक्षी दलका नेता माधवकुमार नेपाललाई ज्ञानेन्द्रले सदस्य तोकेको भए पनि नेपालले समितिमा बस्न अस्वीकार गरेका थिए। नेपालले “उक्त समितिमा रहेर काम गर्ने सम्बन्धमा २०५८ साल जेठ २३ गते बसेको नेकपा (एमाले) स्थायी कमिटीको बैठकले मेरो हकमा उक्त समितिमा रहन नसकिने निर्णय गरेकाले सोही बमोजिम सो समितिबाट राजीनामा जाहेर गरेको छु । उक्त घटनाको विधिवत् रूपमा हुने छानवीन प्रक्रियामा म र हाम्रो पार्टीको पूर्ण सहयोग रहने व्यहोरा विन्ति गर्न चाहन्छु” भनी समितिका अध्यक्ष मार्फत् चढाभएको राजीनामा राजा ज्ञानेन्द्रले जेठ २४ गते स्वीकृत गरेका थिए। जेठ २६ गतेदेखि काम सुरु गरेको यो समितिले जेठ ३२ गते प्रतिवेदन पेश गरेको थियो)
  

ज्वाइँ-जेठानको गोदामबाट ५ सय थान त्रिपाल बरामद


काठमाडौं : राजधानीको सिनामंगलस्थित ज्वाइँ-जेठान सप्लायर्सको गोदाममा प्रहरीले छापा मारेर लुकाएर राखिएको भूकम्पपीडितको राहतको पाँच सय थान त्रिपाल बरामद गरेको छ ।
 
भूकम्प प्रभावितका लागि राहत कोटामा आएको  ५ सय ६८ थान त्रिपाल उक्त गोदाममा लुकाएर राखिएको अवस्थामा भेटिएको हो। गोदाम संचालक र बरामद गरिएको त्रिपालबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।