काठमाडौं : राजधानीको सिनामंगलस्थित ज्वाइँ-जेठान सप्लायर्सको गोदाममा प्रहरीले छापा मारेर लुकाएर राखिएको भूकम्पपीडितको राहतको पाँच सय थान त्रिपाल बरामद गरेको छ ।
भूकम्प प्रभावितका लागि राहत कोटामा आएको ५ सय ६८ थान त्रिपाल उक्त गोदाममा लुकाएर राखिएको अवस्थामा भेटिएको हो। गोदाम संचालक र बरामद गरिएको त्रिपालबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment